सुनको भाउ १ हजार ५ सय रुपैयाँले बढ्यो, तोलाको कति ?

कार्तिक ६, काठमाण्डौ । सुन चाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज एकैदिन तोलामा १ हजार ५ सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ४५ रुपैयाँले बढेर १ हजार २ सय १५ रुपैयाँमा पुगेको छ । चाडपर्व सुरु भएसँगै सुनको माग बढिरहेको छ । दशैँ पछाडि दैनिक ३० देखि ३५ किलो माग रहेको महासङ्घले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply