इनारमा खसेर १५ वर्षे बालिकाको मृत्यु

साउन ५, काठमाडौँ । दाङमा ईनारमा खसेर आइतबार बिहानै एकजनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ निवासी १५ वर्षकी सम्झना बुढाको ईनारमा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा सूचना अधिकृत विनोद विक्रम शाहले जानकारी दिएका छन् ।

आमा बिमा बुढा आइतबार बिहानै घाँस काट्न गएकी थिइन् । घाँस लिएर आएपछि सँगै सुतेकी छोरीलाई उठाउन जाँदा देखिनन् । छोरी खोज्ने क्रममा आफ्नै आँगनको इनार भित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply