प्रचण्डलाई बाबुरामको प्रश्न : ‘तपाई डुप्लीकेट माओवादी हो ?’

कार्तिक ९, काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा अध्यक्ष प्रचण्डलाई ओरिजनल माओवादी नभए डुप्लीकेट माओवादी हो ? भनेर प्रश्न गरेका छन् । उनले प्रचण्डको ओरिजिनल र डुप्लिकेट अवतार कसरी चिन्ने ? भनेर पनि प्रश्न गरेका छन् ।

तत्कालीन माओवादीका सुप्रिम कमाण्डरसमेत रहेका प्रचण्डले शुक्रबार विराटनगरको एक कार्यक्रममा आफू ओरिजिनल माओवादी नभएको अभिव्यक्ति दिएका थिए ।

तत्कालीन माओवादीमा रहँदा प्रचण्डका सहकर्मीसमेत रहेका भट्टराईले कुनै दिन प्रचण्डले आफूलाई ओरिजिनल कम्युनिष्ट पनि थिइनँ भन्नुपर्ने टिप्पणी गरेका छन् ।

डा. भट्टराईले ‘मेरा परम मित्र प्रचण्डलाई केही प्रश्न’ भन्दै ट्वीटरमा लेखेका छन्, ‘तपाईं ओरिजनल माओवादी नभए के तपाईँ डुप्लीकेट माओवादी हो ? यो तालले त कुनै दिन तपाईंले आफूलाई ओरिजनल कम्युनिष्ट पनि थिइनँ भन्नुपर्ला । किनकि पुष्पलालको हातबाट पार्टी सदस्यता लिएकाले त्यसो भन्ने हो भने पुष्पलाल स्वयं शुरूमा काँग्रेस हुनुहुन्थ्यो ।’

डा. भट्टराईले लेखेका छन्, ‘पुष्पलाल ओरिजनल नभएपछि उनका राजनीतिक सन्तान पनि हुने कुरा भएन । आखिर तपाईंको ओरिजनल र डुप्लीकेट अवतार कसरी चिन्ने ?’

डा. भट्टराईले प्रचण्डलाई कडा कटाक्ष गर्दै मदन र म सानैमा छुट्टएिका एउटै आमाका सन्तान पनि भन्ने हो कि ? भनेर पनि प्रश्न गरेका छन् । भट्टराईले लेखेका छन्, ‘आफूलाई चौमको मदन भण्डारी पनि भन्न भ्याउनुभएछ । पछि मदन र म सानैमा छुट्टएिका एउटै आमाका सन्तान पनि भन्ने हो कि ? यसरी माछा देखे भित्र हात, सर्प भए बाहिर हात कहिलेसम्म ?’

संम्बन्धित समचार

Leave a Reply