नेकपाको सचिवालय बैठक आज बस्दै

कार्तिक १६, काठमाडौं । उपनिर्वाचनका लागि उम्मेदवार तय गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (शनिबार) विहान बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे बस्ने बैठकमा आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि प्रतिनिधिसभा, प्रदेशसभा र उपमहानगरपालिकाका उम्मेदवारबारे छलफल हुने महासचिव बिष्णु पौडेलले जानकारी दिए ।

नेकपाले प्रतिनिधिसभा, प्रदेशसभा र उपमहानगरपालिकाका मेयर उम्मेदवार केन्द्रबाट तय गर्ने तथा गाउँपालिका अध्यक्ष उपाध्यक्ष प्रदेश कमिटीले तय गर्ने मापदण्ड बनाएको छ । त्यस्तै वडाध्यक्षका उम्मेदवारका हकमा सम्बन्धित जिल्ला कमिटीले निर्णय गर्नेछन् ।

मंसिर १४ गते ५३ स्थानमा उपनिर्वाचन हुँदैछ। एक प्रतिनिधिसभा, तीन प्रदेशसभा, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्षसहित ४३ वडाध्यक्षको लागि उपनिर्वाचन हुन लागेको हो।

संम्बन्धित समचार

Leave a Reply