गौरीफन्टा नाकाबाट २९ हजारभन्दा बढी नेपाली भित्रिए

जेठ १६,कैलाली । जिल्लाको गौरीफन्टा नाकाबाट २९ हजारभन्दा बढी नेपाली भित्रिएका छन् । जेठ २ गतेदेखि १५ गतेसम्म २९ हजार नेपालीहरुले नेपाल प्रवेश पाएका हुन् । बिहीबार पनि भारतमा अलपत्र परेका नेपालीको उद्धार गरिएसँगै नेपाल ल्याइएका नेपालीहरुको संख्या २९ हजार नाघेको हो ।

स्थानीय प्रशासनको समन्वयमा बिहीबार चार हजार पाँच सय ६४ जनाको उद्धार गरीएको छ । उद्धार गरिएका कसैको पनि परीक्षण भएर नेपाल ल्याईएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । बिहीबार उद्धार गरिएका मध्ये १ हजार १ सय २७ जना कैलालीका मात्रै छन्।

संम्बन्धित समचार

Leave a Reply