काठमाण्डौ उपत्यका आउने/जाने सवारी सङ्ख्यामा ७० प्रतिशतले कमी

भाद्र १, काठमाडौँ । काठमाडौँ उपत्यका भित्रने र बाहिरने सवारी साधनमा ७० प्रतिशतले कमी आएको ट्राफिक प्रहरीले जनाएको छ । लकडाउन खुकुलो बनेसँगै काठमाडौँ उपत्यकामा सवारी साधनहरू भित्रने र उपत्यकाबाट बाहिरिनेहरूको सङ्ख्या दैनिक सात हजारसम्म पुगेकोमा सरकारले जोरबिजोरको निर्णय गरेपछि दैनिक दुई हजार पाँचसयमा घटेको थियो ।
लकडाउन घटेसँगै काठमाडौँ छाड्ने र भित्रनको सङ्ख्या ह्वात्तै बढेको थियो । लामो लकडाउनपछि उपत्यकामा निजी सवारी साधनहरूको चाप बढेको थियो । उपत्यका भित्रिने चारओटा नाकाबाट सो समयमा दैनिक छ हजार सवारी साधन भित्रने गरेको सोही हाराहारीमा सवारी साधनहरू बाहिरने गरेकोमा गृहमन्त्रालयले जोरबिजोर लागू गर्ने निर्णय गरेसँगै काठमाडौँबाट भित्रने र बाहिरिको सङ्ख्यामा ७० प्रतिशतसम्म कमी आएको छ ।
लकडाउन खुलेसँगै असारमा उपत्यका छाड्नेको सङ्ख्या बढेको महानगरीय ट्राफिक महाशाखाका एसएसपी भीमप्रसाद ढकालले गोरखापत्र अनलाइनलाई बताउनुभयो । काठमाडौँ उपत्यकामा दैनिक दुई हजार पाँच सय सवारी साधनहरू भित्रने र सोही सङ्ख्यामा सवारी साधनहरू भित्रने गरेको ढकालले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयबाट जारी हुने सवारी पासहरू रोकिएसँगै सवारी साधनहरूको सङ्ख्यामा कमी आएको हुन सक्ने ट्राफिक प्रहरीको अनुमान रहेको छ ।
काठमाडौँ उपत्यका प्रवेश गर्ने मुख्य नाका साँगामा ७० प्रतिशतले सवारी साधन घटेको काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिनुभएको छ ।

संम्बन्धित समचार

Leave a Reply