आज काठमाण्डौका यी ठाउँमा ६ घण्टा बत्ती जाने

भाद्र २०, काठमाण्डौ । शनिबार काठमाण्डौका विभिन्न ठाउँमा केही समयका लागि बत्ती जाने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । बालाजु वितरण केन्द्रको विष्णुमति फिडर अन्तर्गत पर्ने काठमाण्डौ महानगरपालिका वडा नं १५ र १६ को चक्रपथ क्षेत्रमा शनिबार बिजुलीको पोल सार्ने काम हुने भएको छ ।

विद्युतीय संरचना स्थानान्तरण गर्न शनिबार बिहान ९ बजेदेखि ३ बजेसम्म फिडर शटडाउनमा राख्नुपर्ने भएको प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालले विज्ञप्तिमार्फत जानकारी दिए । शनिबार वनस्थली, गङ्गा हल, माछापोखरी, बालाजु बाइपास, वसन्तनगर, न्यायिक प्रतिष्ठान, मनमैजु, लोकतान्त्रिक चोक, इन्द्रायणी पुललगायतका क्षेत्र बत्ती जाने भएको हो ।

संम्बन्धित समचार

Leave a Reply