स्थानीय तहमा बेथिति : आठवटा रूख काट्न ६ लाख खर्च, तालिममा सहभागी ५४, देखाइयो एक हजार

असोज २४, काठमाण्डौ । सीतापाइला–रामकोट–भीमढुंगा सडकमा आठवटा पीपलका रूख थिए । नागार्जुन नगरपालिकाले ती रूख काट्न ६ लाख ५२ हजार रुपैयाँ खर्च ग¥यो, जसअनुसार एउटा रूख काट्न ८१ हजार पाँच सय रुपैयाँ लाग्यो । रूख कटान शीर्षकमा सनराइज कन्स्ट्रक्सन एन्ड सप्लायर्सले चार लाख ५२ हजार र अर्को सेवाप्रदायकले दुई लाख रुपैयाँ भुक्तानी लिएका छन्। यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाश धौलाकोटीले लेखेका छन् ।

कटान भएका रूखको बिक्री आय र मौज्दात विवरणसमेत खुलाइएको छैन । महालेखाले लागत अनुमान, मूल्यांकन र प्रतिस्पर्धाविनै नगरपालिकाले रूख कटानमा अस्वाभाविक खर्च गरेको भन्दै प्रश्न उठाएको छ । सडक विभागमार्फत निर्माणाधीन सडकमा अहिले पनि काम जारी छ । त्यसमध्ये सीतापाइला–हरिसिद्धि खण्ड कालोपत्रे भइसकेको छ । हरिसिद्धि–भीमढुंगा खण्डमा कालोपत्रे बाँकी छ ।

नागार्जुन नगरपालिकाले नै आफ्नै स्रोत, साधन, जनशक्ति र उपभोक्ताबाट गर्न सकिने कामसमेत गैरसरकारी संस्थामार्फत गराएको छ । महालेखाका अनुसार नगरपालिकाले गैरसरकारी संस्थालाई जनचेतनामूलक तालिम, अभिमुखीकरणजस्ता दुई सय १४ वटा कार्य सञ्चालन गर्न चार करोड ६० लाख २८ हजार रुपैयाँ दिएको छ । महालेखा प्रतिवेदनअनुसार नगरपालिकाले ३० पुस ०७५ मा गरेको एक कार्यक्रममा ५४ जना मात्रै सहभागी थिए । तर, कार्यक्रममा उपस्थित संख्या एक हजार देखाएर जनही दुई सय २६ रुपैयाँका दरले खर्च लेखिएको छ । त्यसरी नै विभिन्न कार्यक्रममा सहभागी संख्या बढाएर चार लाख २८ हजार रुपैयाँ खर्च भएकाले महालेखाले प्रश्न उठाएको छ ।

यस्तै, कीर्तिपुर नगरपालिकाले आव ०७५÷७६ मा विनियोजित ९४ करोड रुपैयाँमध्ये करिब ६२ करोड मात्रै खर्च ग¥यो । खर्च भएकोमध्ये पेस्की मात्रै ६ करोड ३४ लाख १८ हजार रुपैयाँ छ । महालेखा प्रतिवेदनअनुसार नगरपालिकाले अघिल्लो आव ०७४÷७५ कै ३१ करोड ८२ लाख ४७ हजार रुपैयाँ पेस्की फस्र्योट भएको छैन । सरकारी खर्चमा हुने सेमिनार, गोष्ठी, तालिम आयोजना गर्दा सरकारी कार्यालयमै गर्नुपर्ने व्यवस्था छ । तर, कागेश्वरी मनोहरा नगरपालिकाले महँगा होटेलमा कार्यक्रम राखेर बिल भर्पाईमा प्रयोजनसमेत नखुलाई २१ लाख रुपैयाँ खर्च गरेको छ । जनप्रतिनिधि निर्वाचित भएको दुई वर्ष पूरा भएको अवसरमा सल्लाह सुझाब संकलनका लागि भएको एउटै कार्यक्रममा नगरपालिकाले सात लाख २२ हजार रुपैयाँ खर्चेको छ ।

 

संम्बन्धित समचार

Leave a Reply