दशैं तिहार लक्षित प्रहरी योजना : ४८ हजार प्रहरी परिचालन, ४९० चेकिङस्थल र २६४ सहायता कक्ष !

असोज ३०, काठमाडौ । दशैं तिहारलाई लक्षित गरेर नेपाल प्रहरीले ४८ हजार ८३० प्रहरी परिचालन गरिने भएको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कठायतका अनुसार सातवटा प्रदेश तथा महानगरीय प्रहरी परिसर काठमाडौंबाट प्रहरी परिचालन हुने भएका हुन् ।

दशैं तिहारमा सबैभन्दा धेरै बागमती प्रदेशमा प्रहरी परिचालन हुने भएका छन् । बागमती प्रदेश प्रहरी कार्यालयले प्रदेशभरि चार हजार ९५३ र महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं उपत्यकामा सात हजार ५५० प्रहरीलाई परिचालन गर्ने भएको छ ।

नेपालभरमा «टाफिक सहितको संयुक्त चेकिङ ४९० वटा र २६४ वटा यात्रु सहायता कक्ष संचालन गर्नेछ । प्रवक्ता कठायतका अनुसार महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं उपत्यकामा सात हजार ५५० प्रहरीहरुले ट्राफिक सहितको संयुक्त चेकिङ ५४ वटा र यात्रु सहायता कक्ष २१ वटा राख्नेछ ।

संम्बन्धित समचार

Leave a Reply