जसपा संघीय परिषद्को अध्यक्षमा डा. बाबुराम भट्टराई नियुक्त !

कार्तिक ५, काठमाडौ । जनता समाजवादी पार्टी जसपा संघीय परिषद्को अध्यक्षमा डा। बाबुराम भट्टराई नियुक्त भएका छन् । जसपा कार्यकारिणी समितिको मंगलबार सम्पन्न दुई दिने बैठकले वरिष्ठ नेता भट्टराईलाई परिषद्को अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको हो । भट्टराई नेतृत्वको परिषद्प्रति केन्द्रीय समिति उत्तरदायी हुनुपर्ने गरी विधान पनि पारित भएको छ ।

जसपा कार्यकारिणी समितिका सदस्य मनिष सुमनले परिषद् अध्यक्षसहित बैठकले केन्द्रीय विधान एवं नियमावली संशोधन गर्दै केन्द्रीय समितिसमेत घोषणा गरेको छ । यसअघि ७ सय १ सदस्यीय केन्द्रीय समिति रहने विधानमा व्यवस्था भए पनि त्यसलाई संशोधन गर्दै ७ सय ७९ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था गरिएको छ ।

 

संम्बन्धित समचार

Leave a Reply