नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतक १६ सय ६३ पुग्यो !

मंसिर २५, काठमाडौ । कोरोना संक्रमणबाट आज थप १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १६६३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घन्टामा नयाँ संक्रमित १२ सय १७ थपिएका छन् । आज १ हजार ६४ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ४५ हजार ६ सय ५० संक्रमित भएपनि २ लाख ३१ हजार ६ सय १ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने १२ हजार ३ सय ८६ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।
आजसम्म १८ लाख १३ हजार २ सय ४ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या ५ सय १५ रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply