अमेरिका संसद भवन आक्रमणमा मृत्यु हुनेको संख्या चार पुग्यो !

पुस २३, काठमाण्डौ । अमेरिकाको संसद भवनमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या चार पुगेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकहरुले अमेरिकी संसद भवनभित्र गरेको हिँसात्मक आक्रममा मृत्यु हुनेको संख्या चार पुगेको हो ।

प्रहरीको गोली लागेर एक जना महिलाको संसद भवनभित्र नै मृत्यु भएको हो भने अन्य तीन जनाको ‘मेडिकल इमरजेन्सी’ का कारण मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुको पहिचान खुल्न सकेको छैन् । घटनामा संलग्न आरोपमा प्रहरीले अहिलेसम्म ५२ जनलाई पक्राउ गरेको छ ।

 

संम्बन्धित समचार

Leave a Reply