रिभर फल्स पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने, तपाईको भागमा कति कित्ता ?

फागुण २६, काठमाडौँ । रिभर फल्स पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित दरको ३४ करोड ३० लाख रुपैयाँ बराबरको ३४ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

नियुक्तिसम्बन्धी सम्झौतापत्रमा आज मंगलबार रिभर फल्स पावरका तर्फबाट मित्रलाल श्रेष्ठ र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध सञ्चाालक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । रिभर फल्स पावरले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित पिलुवाखोलामा १०.३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको छ ।

संम्बन्धित समचार

Leave a Reply