प्रधानमन्त्री ओलीद्धारा सर्वदलीय बैठक आह्वान

वैशाख ३ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वदलीय बैठक बोलाएका छन् ।

उनले कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न भनी शनिबार विहान ११ बजे सर्वदलीय बैठक बोलाएका उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठकमा संसद अधिवेशन, कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने कदमलगायतका विषयमा छलफल हुने थापाले बताए ।

संम्बन्धित समचार

Leave a Reply