आजको शेयर बजार : दोहोरो अंकले घट्यो नेप्से, १४ अर्ब ३१ करोडको कारोबार !

साउन २१, काठमाडौं । नेप्सेमा कारोबारको अन्तिम दिन बिहिबार दोहोरो अंकको गिरावट आएको छ । नेप्से १२.६४ अंकले घटेर तीन हजार एक सय १० दशमलब ८१ विन्दुमा थामिएको छ ।

आज नेप्सेका कारोबार रकममा पनि गिरावट आएको छ । १४ अर्ब ३१ करोड ६२ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका बैंकिङ समूह बाहेक अन्य सबै समूह घटेका छन् । नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये ११ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

संम्बन्धित समचार

Leave a Reply