बालुवाटारमा सत्ता गठबन्धनको बैठक: भोलीसम्म मन्त्रिपरिषद विस्तार गर्ने सहमती

भाद्र १४,काठमाडौँ । पछिल्लो राजनितिक अबस्था र मन्त्रिपरिषदलाई छिटो पूर्णता दिने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको बैठकमा नेताहरुले मन्त्रिपरिषद् विस्तारमा ढिला गर्न नहुने बताएका छन् । भोलीसम्म मन्त्रीपरिषद विस्तार गर्ने सहमती भएको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् ।

त्यस्तै बैठकमा दार्चुलाका जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारको अडान प्रष्ट पार्न  प्रधानमन्त्री शेरबहादुर देउवालाई नेताहरुले आग्रह गरेका छन्।

“बैठकमा मन्त्रिपरिषदलाई छिटो पूर्णता दिन हामी सत्तारुढ ५ दलका नेताहरु सहमत भएका छौं , यद्यपि मन्त्रालय भागवण्डाबारे छलफल भएको छैन ।” एक नेताले अनलाइनकेन्द्रलाई बताए ।

संम्बन्धित समचार

Leave a Reply