नेप्से परिसूचक ५ अंकले घट्यो

मंसिर २३, काठमाडौं । बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक ५ अंकले घटेको छ । बिहीबार भने धेरै कम्पनीहरुका शेयर मूल्य बढेको छ ।

नेप्से परिसूचक ५. ८४ अंकले घटेर २ हजार ४ सय ४९ दशमलव ९७ अंकमा झरेको छ । नेप्से परिसूचक घटेपनि ‘क’ वर्गमा सूचीकृत कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ सूचक भने ०.४३ अंकले बढेको छ ।

लगानीकर्ताहरुमा अन्योलता देखिँदा बिहीबार पनि कारोबारमा उत्साह देखिएन । दिनभर ४१ हजार ३८९ कारोबार हुँदा २३१ कम्पनीका ६२ लाख २३ हजार ७२१ कित्ता शेयरमात्रै किनबेच भयो । जसबाट कारोबार रकम २ अर्ब ६७ करोड ३३ लाख ८ हजार ७ सय ९२ रुपैयाँमा रोकिएको छ ।

बिहीबार होटल तथा पर्यटन समूहका रहेका कम्पनीहरुको शेयर मूल्य बढेको छ । जसले गर्दा यो समूहको उपसूचक १८. ७७ अंकले बढेको छ । अन्य समूह ४. १७ अंकले बढ्दा म्युचुअल फण्ड झिनो अंकले बढेर सकारात्मक देखिएको छ ।

संम्बन्धित समचार

Leave a Reply