मनमोहन अस्पतालमा आईभिएफ सेवा सुरु

बैशाख १०,काठमाडौँ । राजधानीको स्वयम्भुमा रहेको मनमोहन अस्पतालमा आईभिएफ सेवा आजबाट सुरु गरिएको छ । निःसन्तान दम्पतीहरुलाई लक्षित गरेर सुरु गरिएको आईभिएफ (टेष्ट ट्युव बेवी) सेवाको बागमति प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र नेपालकै पहिलो आईभिएफ सेवा सुरु गर्ने चिकित्सक डा. भोला रिजालले संयुक्त रूपमा मनमोहन आईभिएफ सेवाको उद्घाटन गरेका हुन् ।

नि:सन्तान दम्पती हरुका लागि टेष्ट ट्युव बेबी सेवाको सुरुवात गर्दै मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मनमोहन अस्पतालको सेवा अझै फराकिलो र विस्तारित भएको बताए । मुख्यमन्त्री पाण्डेले मनमोहन शिक्षण अस्पतालले कलेजको मान्यता नपाउनु दुर्भाग्यपूर्ण भएको बताए । उनले देशमा १९ जनाले निजी शिक्षण अस्पताल सञ्चालन गर्दा दुई हजार ८०० जनाले लगानी गरेको र सहकारीको माध्यमबाट सञ्चालित मनमोहन अस्पताललाई योजनाबद्ध तरिकाले रोकिएको आरोप लगाए । मुख्यमन्त्री पाण्डेले मनमोहन अस्पतालले सर्वसुलभ रूपमा सेवा प्रवाह गर्ने भयले निजी मेडिकल कलेजहरूको योजनामा मनमोहनलाई रोक्ने काम भएको आरोप समेत लगाए ।

टेस्टट्युब बेबी सेवा सुरुवात कार्यक्रममा डा. भोला रिजालले नेपालमै टेस्टट्युब बेबी सेवाले नेपाली निस्सन्तान दम्पतीहरूलाई राहत हुने तथा यसले नेपाली पैसा स्वदेशमै राख्न भूमिका निर्वाह गर्ने बताए । टेस्टट्युब बेबी सेवा सुरुवात कार्यक्रममा मनमोहन अस्पतालका निर्देशक डा. बंशिधर मिश्रले नि:सन्तान दम्पती हरुको पीडालाई खुसीमा बदल्न यस्तो सेवा थप गरिएको बताए । डा. उषा श्रेष्ठ खाँड, बाला मल्ल श्रेष्ठ र चुनुमिला महर्जनले संयुक्त रूपमा नेतृत्व गरेको मनमोहन आईभिएफ प्रा.लिले आजबाट औपचारिक रूपमा सेवा सुरु गरेको जानकारी दिइयो ।

संम्बन्धित समचार

Leave a Reply