उदयपुर किशोरी हत्या प्रकरण: आरोपीले बियरको बोतल प्रहार गरी हत्या गरेको स्वीकारे !

चैत्र २३,उदयपुर । जिल्लाको बेलका नगरपालिका–६ किराँत चौककी १६ वर्षीया किशोरी कविता सुनुवारको हत्याका आरोपीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले आज सार्बजनिक गरेको छ । घटनाको भोलिपल्ट प्रहरीले पत्रकार सम्मेलन गरी हालसम्मको अनुसन्धानबाट देखिएको अभियुक्तलाई सार्बजनिक गरेको हो । प्रहरीले हत्यामा संलग्न बेलका नपा–३ बस्ने १९ वर्षीय विनोद ढकाल सार्वजनिक गरेको छ घटनामा एक नाबालिको संलग्नता देखिए पनि उनलाई प्रहरीले सार्बजनिक गरेको छैन । एकवर्षदेखि ती नाबालिकको घरमा बस्दै आएका विनोदको घर भने भारतको सिक्किम राज्य वियुङ रहेको छ । उनीहरुले मङ्गलबार विहान ट्युसन पढ्न जाने निहुँ पारेर बोलाएर बाटोमा हत्या…

पुरा पढ्नुहाेस्