चालु आवमा सरकारद्धारा पुँजीगत खर्च ६० प्रतिशत मात्र !

असार २८, काठमाडौं । चालु आर्थिक वर्षमा पनि सरकारले पुँजीगत खर्च ६० प्रतिशत भन्दा बढी गर्न नसक्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले ७१ प्रतिशत पुँजीगत खर्च हुने अनुमान गरेका थिए । तर, गत शुक्रबारसम्ममा मात्र ५४.५७ प्रतिशत पुँजीगत खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालू आर्थिक वर्ष सकिन तीन दिनमात्र बाँकी छ । सरकारको आफैंले गरेको २० प्रतिशतभन्दा बढी असारमा खर्च नगर्ने निर्णय लत्याएर बजेटरी अनुशासन पालना नगरेको अर्थविद्हरु बताउँछन् । विगत १२–१५ वर्षदेखि असारमा मात्रै ४० प्रतिशत भन्दा बढी पुँजीगत खर्च…

पुरा पढ्नुहाेस्