‘जनताको साथमा नेपाली कांग्रेस’ अभियान: महागढीमाई नगरपालिकामा बृहत कार्यक्रम सम्पन्न

भाद्र १५,बारा । ‘जनताको साथमा नेपाली कांग्रेस’ अभियान अन्तर्गत बुधबार बारा जिल्लाको महागढीमाई नगरपालिकामा बृहत कार्यक्रम सम्पन्न भएको छ । जिल्ला कार्यसमिति बाराद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य रमेश रिजालले आउँदो मंसिर ४ गते हुने निर्वाचनमा आफ्ना उम्मेद्वारलाई विजयी बनाउने गरी होमिन कार्यकर्तालाई निर्देशन दिएका छन् । अहिले देशैभर नेपाली कांग्रेसको माहोल सौहार्दपूर्ण रहेकाले घरघरमा पुगेर कांग्रेसलाई जिताउने अभियानमा लाग्न रिजालले आग्रह गरेका हुन् । संघ र प्रदेशको निर्वाचनको मिति नजिकिँदै जाँदा नेपाली कांग्रेसले ‘जनताको साथमा नेपाली कांग्रेस’ अभियान नै चलाउँदै जनताको घरघरमा पुग्ने प्रयास गरिरहेको छ ।…

पुरा पढ्नुहाेस्