जयनगर–कुर्था सीमापार रेल खण्डको हस्तान्तरण

कात्तिक ५,काठमाडौँ । भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–कुर्था सीमापार रेलमार्ग भारतले एक समारोहबीच आज नेपाल सरकारलाई हस्तान्तरण ग¥यो । उक्त समारोहमा नेपालका लागि भारतीय राजदूत श्री विनय मोहन क्वात्रा तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रीमती रेनुकुमारी यादवले सहभागीता जनाउनु भएको थियो । समारोहमा भारत सरकारको तर्फबाट परियोजनाको कार्यान्वयन निकाय इरकाँन इन्टरनेशनल लिमिटेडले सो रेल खण्ड नेपाल सरकारको तर्फबाट उपस्थित नेपाल रेलवे कम्पनी लिमिटेडलाई हस्तान्तरण गरेको थियो । भारत सरकारको आर्थिक सहयोगमा भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४.९ किलोमिटर न्यारो गज खण्डलाई ब्रोड गजमा रुपान्तरण गर्ने कार्य सम्पन्न भएको छ…

पुरा पढ्नुहाेस्