मधेश प्रदेशसभाको बैठक २२ गतेसम्मका लागि स्थगित

फागुन १०, काठमाडौं । मधेश प्रदेशको आज बस्ने प्रदेशसभा बैठक २२ गतेसम्मका लागि स्थगित गरिएको छ । सभामुख सरोजकुमार यादव काठमाडौंमा रहेकोले आज बोलाइएको बैठक स्थगित गरिएको मधेश प्रदेशका उपसभामुख उपमाकुमारी देवले जानकारी दिइन् । आजको बैठकमा प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल गर्न बैठक बोलाइएको थियो । त्यस्तै आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह पारिवारिक भ्रमणमा भारत गएपछि बैठक पछि सारिएको हो । मन्त्री यादव आफैँ प्रस्तावक भएकाले संकल्प प्रस्तावका बारेमा भएका छलफल सुन्नुपर्ने र जवाफ दिनुपर्ने भएकोले बैठकलाई स्थगित गरिएको जनाइएको छ । मन्त्री साहले गत २६…

पुरा पढ्नुहाेस्