सातैवटा प्रदेशमा हाम्रो सहभागीता रहनेछ : माधव नेपाल

असोज १, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले सातैवटा प्रदेशमा पनि हाम्रो सहभागीता रहने बताएका छन् । मिनभवनस्थित केन्द्रीय कार्यालय उदघाटन गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै नेपालले बताएका हुन् । मन्त्रिपरिषद्लाई कहिले पूर्णता दिने भनेर पत्रकारहरुले सोधेको प्रश्नमा उनले भने ‘म प्रधानमन्त्री भएको भए ठ्याक्कै भनिदिन्थें, आशा गरौं, यो हप्ताभित्र हुने छ ।’ उनले सरकारमा जान आफूहरु आज भने आजै, भोलि भने भोलि नै तयार रहेको पनि बताए । उनले संसद र सरकारमा आफूहरुको भूमिका सत्तापक्षको रुपमा रहने बताए । सत्ता गठबन्धनको महत्वपूर्ण हिस्सा एकीकृत समाजवादी भएको बताउँदै…

पुरा पढ्नुहाेस्