इलाम र बझाङमा उपनिर्वाचन : ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगको आग्रह

बैशाख १५, काठमाडौँ । निर्वाचन आयोगले इलाम २ र बझाङ १ १ मा हुन लागेको उपनिर्वाचनमा सहभागी हुन अपिल गरेको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गरी इलाम २ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ १ मा प्रदेशसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा सहभागी हुन मतदातालाई अपिल गरेको हो । अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ…

पुरा पढ्नुहाेस्

हुम्लामा जव पहिलोपटक ट्रिपर पुग्यो…

बैशाख १५, हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा शुक्रबार दुईवटा टिपर पुगेका छन् । नेपालगञ्ज, सुर्खेत हुँदै एक सातामा ती टिपर सिमकोट पुगेका हुन् । सदरमुकाम सिमकोटमा दक्षिण कर्णाली करिडोरको बाटो भएर पहिलो पटक हुम्ला पुगेका टिपर र चालक स्थानीयले फूलमालाले स्वागत गरेका छन् । उत्तरी नाम्खा गाउँपालिकाको च्याछरा भिर खण्डको सडक छिचोल्नका लागि आवश्यक १२ हजार डिजेल ढुवानी गर्ने क्रममा ती टिपर त्यहाँ पुगेका हुन् । नेपाली सेनाले निर्माण गरिरहेको सर्केगाड र खार्पुनाथ गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने छारे भिर सडकखण्ड पार गरेर दुईवटा टिपर…

पुरा पढ्नुहाेस्

आजको मौसम : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना

बैशाख १५, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही देशको बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ्र गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका केही…

पुरा पढ्नुहाेस्

इलाम र बझाङमा उपनिर्वाचनका लागि आज मतदान हुँदै

बैशाख १५, काठमाडौँ । इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्य तथा बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि आज मतदान हुँदैछ । निर्वाचन आयोगले मतदानको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ इलाम २ मा १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयन पत्र दर्ता भएको थियो । स्वतन्त्र उम्मेदवार केशव कुमार चापागाईंले उम्मेदवारी फिर्ता लिएपछि बाँकी १९ जनाको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन…

पुरा पढ्नुहाेस्

नेपालले वेस्ट इन्डिजको ‘ए’ टोलीसँग पहिलो मैत्रीपूर्ण टी–२० प्रतियोगिता खेल्दै

बैशाख १५, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार वेस्ट इन्डिजको ‘ए’ टोलीसँग पहिलो मैत्रीपूर्ण टी–२० प्रतियोगिता खेल्दै छ । खेल नेपाली समय अनुसार, दिउँसो १२ः१५ बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालसँग मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला खेल्न वेस्ट इन्डिजको ‘ए’ टोली बुधबार काठमाडौँ आइपुगेको हो । क्यारेबियन टोलीका खेलाडीले शुक्रबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नियमित अभ्यास पनि गरेका थिए । नेपाल र वेस्ट इन्डिजबिच पाँच खेल टी–२० खेलको शृङ्खला खेलिने कार्यक्रम रहेको छ । शृङ्खलाको दोस्रो खेल आइतबार खेलिने छ । तेस्रो खेल मे १ तारिखमा खेलिने…

पुरा पढ्नुहाेस्

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

बैशाख १४, काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत देशैभरीबाट उत्कृष्ट व्यवसय गरी लक्ष्य पुरा गर्न सफल करिब १४० जना भन्दा बढि बरिष्ठ अभिकर्ताहरुको उत्साहजनक उपस्थितीमा नेपालको पर्यटकिय क्षेत्र घान्द्रुकको भ्रमण गराएको छ । भ्रमण कार्यक्रममा सहभागि भएका बरिष्ठ अभिकर्ताहरुले यस प्रकारको भ्रमण कार्यक्रमबाट देशैभर छरियर रहेका अभिकर्ताहरु बिच चिनजान हुनुका साथै एक आपसको अन्र्तक्रियाबाट धेरै कुराहरु जान्न बुझ्न पाउने अवसर जुराई दिएकोमा कम्पनीलाई धन्यवाद ज्ञापन गरेका थिए । ३ रात ४ दिन सम्म संचालन गरिएको उक्त…

पुरा पढ्नुहाेस्

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई सम्मानित

बैशाख १४, काठमाण्डौँ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको छ । नेपाल राष्ट्र बैङ्कले आफ्नो ६९ औँ वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७९र८० मा रेमिटेन्स कम्पनीहरु मध्येबाट सबैभन्दा बढी २७ दशमलव ५ प्रतिशत रेमिटेन्स भित्र्याउन सफल भएकोमा आइएमई लाई सम्मानित गरेको हो । राष्ट्र बैङ्कमा शुक्रवार आयोजित विशेष समारोहमा गभर्नर महाप्रसाद अधिकारीले आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेललाई प्रशंसा पत्र प्रदान गरे । विप्रेषण आप्रवाहले मुलुकको समष्टिगत आर्थिक स्थायित्व,सामाजिक आर्थिक सुधार लगायत बाह्य क्षेत्र सन्तुलन समेतमा योगदान पुर्‍याएकोले प्रशंसा पत्र प्रदान गरिएको राष्ट्र बैकले उल्लेख गरेको छ…

पुरा पढ्नुहाेस्

लक्ष्य अनुसारको काम असार सम्ममा पुरा हुन्छ –मन्त्री महासेठ

बैशाख १४, काठमाण्डौँ । नेपाल निजामती कर्मचारी संगठन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्यसमितिद्वारा आयोजित नववर्ष २०८१ को शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सभाहलमा एक कार्यक्रमका बीच सम्पन्न गरेको छ ।उक्त कार्यक्रमकको प्रमुख अतिथ्यता ग्रहणका क्रममा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले लक्ष्य अनुसार काम समयमा नै सम्पन्न गर्नु पर्ने धारणा व्यक्त गरेका छन् । उनले अगाडी भने – रणनीतिक सडक र पुलमा बजेट अभाव नहुने । साथै अपवाद बाहेक हाल कर्मचारीको सरुवा नहुने भएकोले कार्यक्षेत्र नछोड्न कर्मचारीलाई मन्त्री महासेठले निर्देशन…

पुरा पढ्नुहाेस्

अर्जुन राज खनियालाई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा

बैशाख १४, काठमाण्डौँ । यस एन आई सी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत रहेका अर्जुन राज खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ । सन् २००४ देखि बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका खनियाले बैंकका विभिन्न शाखाहरु, विभागहरु एवम् इकोसिस्टमहरुमा काम गरी २० वर्ष भन्दा लामो अनुभव संगालेका छन् । सन् २००४ मा नेपाल बैंक लिमिटेडमा आन्तरीक लेखापरीक्षकको रुपमा नायब प्रबन्धकमा नियुक्त भएर वाणिज्य बैंकको यात्रा सुरु गरेका खनियाले सन् २०१० मा तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडमा शाखा प्रमुखको रुपमा नियुक्त भएका थिए ।

पुरा पढ्नुहाेस्

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

बैशाख १४, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको मुद्दामा मिसिल झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ । रेशमले दायर गरेको सो मुद्दामाथि सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीशद्धय बालकृष्ण ढकाल र विनोद शर्माको संयुक्त इजलासले सो आदेश जारी गरेको हो । टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका रेशम चौधरीलाई निर्वाचन आयोगले वैधानिकता दिन अस्वीकार गरेको थियो ।

पुरा पढ्नुहाेस्