गठबन्धनलाई हराउँदै सूर्यविनायक नगरको प्रमुखमा एमाले विजयी

जेठ ५, काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । नगरप्रुमखमा एमालेका उम्मेदवार वासुदेव थापा विजयी भएका छन् ।

गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उमेदवार निशान ढुंगेललाई १५२६ मतले हराउँदै थापा निर्वाचित भएका हुन् । थापाले १४ हजार ७ सय ५८ मत ल्याए भने ढुंगेलले १३ हजार २ सय ३२ मत पाए ।

यस्तै उपप्रमुखमा एमालेकै सरिता भट्टराई विजयी भएकी छिन् । उनले १३ हजार ४ सय ९० मतसहित गठबन्धनबाट उमेदवार बनेका नेकपा एकीकृत समाजवादीका श्यामसुन्दर बस्नेतलाई ७ हजार ८ सय २९ मत अन्तरले पराजित गरेकी हुन । बस्नेतले ६ हजार ६ सय ६१ मत मात्र पाएका छन् ।

सूर्यविनायक नगरका १० मध्ये पाँच वडामा एमाले र पाँच वडा अध्यक्ष काँग्रेसले जितेको छ । काँग्रेसले २, ३, ४, ६ र ९ नं मा जित हात पार्न सफल हुँदा एमालेले वडा नम्बर १, ५, ७, ८ र १० मा जित निकालेको हो ।

संम्बन्धित समचार

Leave a Comment