आजबाट १७ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको बुस्टर डोज

जेठ २७, काठमाडौं । सरकारले आज शुक्रबार देखि ११ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको बुस्टर डोज खोप दिने भएको छ ।

हालसम्म १८ वर्ष माथिकालाई मात्रै बुस्टर डोज खोप दिएकोमा कोरोनाविरुद्धको खोप लगाएर तीन महिना पूरा भएका उक्त उमेर समुहलाई पनि बुस्टर डोज खोप दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख सागर दाहालले ११ देखि १७ वर्षसम्मकाले बुस्टर डोज मोर्डना तथा फाइजर जुन लगाए पनि हुने दाहालले बताए । खोप कार्यक्रम पहिला खोप सञ्चालन गरेको केन्द्र वा वडा कार्यालयहरुमा सञ्चालन गरिनेछ ।

संम्बन्धित समचार

Leave a Comment