रेसुंगा विमानस्थलमा तारा एयरको ट्वीनअटर जहाज अवतरण

पौष २४,गुल्मी । गुल्मीको रेसुंगा विमानस्थलमा आइतबार तारा एयरले डेमो उडान गरेको छ। रेसुंगा नगरपालिकास्थित सिमिचौरमा निर्माण सम्पन्न भएको विमानस्थलमा आईतबार मध्यान्ह तारा एयरको ट्वीनअटर जहाज अवतरण गरेको हो।

आईतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको उक्त जहाज ५० मिनेटमा रेसुंगा विमानस्थल पुगेको हो।

उक्त विमानमा पूर्वमन्त्री प्रदीप ज्ञवाली, रामकुमारी झाक्री, प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी, प्रदेशसभा सदस्य धनेन्द्र कार्की, तारा एयर र नेपाल नागरिक उड्ययन प्राधिकरणका अधिकारी थिए।

रेसुंगा विमानस्थलमा पहिलो पटक तारा एयरले उडान भरेको खुसीयालीमा रेसुंगा नपनगरपालिका कार्यालयले आईतबार सार्वजनिक विदा दिएको छ।

रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले नगरपालिकाको समन्वयमा विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान गरिएको र त्यसको खुसीयालीमा नगरपालिकामा सार्वजनिक विदा दिएको जानकारी दिए।

गुल्मी जिल्लाको सदरमुकाम तम्घासबाट ५ किलोमिटर दुरीमा रहेको रेसुंगा विमानस्थलबाट अब तारा एयरले नियमित उडान गर्ने भएको छ।

संम्बन्धित समचार

Leave a Reply