कर्मचारी समायोजन : सबैभन्दा बढी कर्मचारीको रोजाई स्थानीय तहमा !

पुस २४,काठमाडौँ । कर्मचारी समायोजनमा उत्साहजनक सहभागिता देखिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन सफ्टवेयरको अनुसार आज विहान पौने ९ बजेसम्म ४३ हजार ३ सय ७८ जनाले समायोजन प्रक्रियामा सहभागी भएका छन ।

यसमध्ये १९ हजार ७ सय ७जनाले अन्तिम छनौट गरिसकेका छन् । २३ हजार ६ सय ७१ जनाले छनौट गरिसकिएको तर अन्तिम तथ्याङ्क आउन बाँकी रहेको संघिय मामला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले अनलाईन केन्द्रलाई बताए ।

अन्तिम पोस्टिङ गर्ने कर्मचारीहरूको संख्या बढ्दो रहेको बताए । आज विहान पौने ९ बजेसम्म ६ हजार ३ सय २६ जनाले सहभागिता जनाएका छन । यसमध्ये १६ हजार २ सय ७२ जनाले संघ रोज्दा, प्रदेशमा १९ हजार ६ सय ४  र १ लाख ११ हजार ३ सय ४७जनाको स्थानीय तह रोजाईमा परेको देखिन्छ ।

सहसचिव तामाङले भने-‘आफ्नो घरपायक भनेर धेरै साथीहरुले स्थानीय तह रोज्नुभएको छ । तथ्याङ्क भेरिफाई भईरहेको छ ।’ उनले भने–संघ भनेको काठमाडौँ मात्रै होईन अन्य सहरहरु भित्रै स्थानीय तह पर्ने भएकोले पनि धेरैले स्थानीय तह रोज्नुभएको छ । यो सकारात्मक कुरा हो ।

संम्बन्धित समचार

Leave a Comment