‘शान्ति प्रक्रियाका नायक’ गिरिजाप्रसाद कोइराला ! नवौं स्मृति दिवस आज

चैत ७, काठमाडौँ । काठमाडौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्रका नायक तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नवौं स्मृति दिवस बिहीबार(आज) विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

नेपाली कांग्रेस तथा अन्य विभिन्न संघसंस्थाले उनको स्मृतिमा देशका विभिन्न स्थानमा र विदेशमा रहेका नेपालीहरुले पनि विधिध कार्यक्रमको तयारी गरेका छन् ।

निडर र दुरदर्शि नेताका रूपमा चिनिने ‘गिरिजाबाबु’ को २०६६ साल चैत ७ गते निधन भएको थियो ।

राणाशासनको विरोध गरेबापत भारतको विहार राज्यको टेडी, सहर्षामा निर्वासत जीवन बिताइरहेको समयमा विस १९८१ मा कोइरालाको जन्म भएको थियो ।

विराटनगर जुट मिलमा मजदूरको रुपमा रहेर त्यहींबाट नेपाली राजनीतिको नेतृत्व गरेका गिरिजाप्रसादको नेतृत्वमै २०६२–६३ को आन्दोलन सफल भएको थियो ।

कोइरालाकै नेतृत्वमा नेपालमा गणतन्त्र आएको थियो । कोइराला क्रान्तिकारी नेता थिए । २०४६ सालभन्दा अगाडिसम्म उनी क्रान्तिकारी थिए ।

कोइरालालाई चौथो आयाम भएको व्यक्तित्वका रुपमा लिने गरेका छन् ।

उनको हक्की स्वभावकै कारण कोइराला नेपाली काँग्रेसको नेतृत्व गरेका थिए भने चार पटकसम्म प्रधानमन्त्री पनि भएका थिए ।

जीवनको उत्तरार्धमा उनले कम्युनिष्टहरुसंग सहकार्य गरेर नेपालबाट राजतन्त्र फाल्न सफल भएका थिए ।

विपीको सिद्धान्त मान्दै र परिस्थिति हेरेर भत्काउँदै आएका गिरिजाबाबु जुनसुकै हालतमा काँग्रेस नै एक मात्र जनताको पार्टी भएको बताउँथे ।

१० वर्षे सशस्त्र युद्धमा रहेका माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भएको १२ बुँद्धे सम्झौता र दोस्रो जनआन्दोलनको नेतृत्व गिरिजाबाबुले नै गरेका थिए ।

०४६ को जनआन्दोलनपछि नेपालका कम्युनिष्ट बिरोधी भनेर चिनिने गिरिजाप्रसादले २०६२ सालमा कम्युनिष्टसँग हातेमालो गरेर अगाडि बढेका थिए ।

युद्धकालमै माओवादीसँग राजतन्त्रविरुद्ध सहमति गरेपछि कांग्रेसभित्रै समेत उनको कडा आलोचना भयो तर गिरिजाप्रसादको व्यक्तित्वका अगाडि त्यो आलोचना छायाँमा नै रह्यो ।

महामानव विपी कोइरालाका कान्छा भाइ गिरिजाबाबुको भारतको बिहार राज्यको सहरसा जिल्लाको टेडी भन्ने गाउँमा विस १९८१ असार १८ मा जन्म भएको थियो ।

बुवा कृष्णप्रसाद कोइराला र आमा दिव्या कोइराला निर्वासित भएको बेला गिरिजाबाबुको जन्म भएको हो ।

उनका दुई दाजुहरू विपी कोइराला तथा मातृकाप्रसाद कोइराला नेपालका प्रधानमन्त्री भएका थिए ।

सन् १९२९ मा परिवारसँगै नेपाल फर्केका गिरिजाबाबुले सुष्मा कोइरालासित विवाह गरे । कांग्रेस नेतृ सुजाता कोइराला गिरिजाप्रसादकी एक मात्र सन्तान हुन् ।

उनको नेतृत्वमा २००४ सालमा नेपाल मजदुर कांग्रेसको स्थापना भयो । अहिले त्यसलाई नेपाल ट्रेड यूनियन कांग्रेसको रूपमा चिनिने गरेको छ ।

२००८ सालमा गिरिजाप्रसाद नेपाली कांग्रेस मोरङ सभापति बने र २०१७ सालमा राजा महेन्द्रले सत्ता कब्जा गरी पञ्चायती शासनको स्थापना हुनु पूर्वसम्म मोरङ सभापतिमा रहिरहे ।

करिब ६ वर्ष जेल जीवन विताएका रिहाई भएपछि भारतमा निर्वासित भएका उनले मेलमिलापपछि गिरिजाप्रसाद २०३५ सालमा नेपाल फर्किएका थिए ।

उनी २०३१ सालदेखि २०४७ सालसम्म कांग्रेसको महामन्त्री भएका थिए । २०५३ सालदेखि मृत्यु नहदाँसम्म लगातार कोइराला पार्टी सभापति भएका थिए ।

लोकतन्त्र प्राप्तिपछि भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहबाट ‘एसियाकै महान् नेता’ को सम्मान पाएका कोइराला सशस्त्र युद्धमा रहेको पार्टीलाई शान्ति प्रक्रियामा ल्याउन सफल भएकाले पनि उनको नाम नेपालको राजनीतिक इतिहासमा चर्चित नै छ ।

संवैधानिक राजतन्त्रको पक्षमा रहेको काँग्रेस पार्टीलाई उनी पार्टी सभापति हुँदा नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा लैजान सफल भएका थिए ।

संम्बन्धित समचार

Leave a Reply