२२ वर्षीय युवकद्वारा एकै रातमा तीन महिला बलात्कार!

पुष ३, काठमाडौं । एकै रातमा तीन महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा रुकुमपश्चिम प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। आठबीस नगरपालिका ८ डाँफेका २२ वर्षीय केशव आरसी पक्राउ परेका हुन्।

मंसिर २७ गते राति उनले गाउँका तीन महिलालाई करणी प्रयास गरेका थिए । पति नभएको महिलालको घरमा गएर जबर्जस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय रुकुमका डीएसपी सुमित खड्काले बताए ।

उनका अनुसार केशबले २७ गते राती १ बजे पति घरमा नभएकी ४० वर्षीया महिलालाई र अर्की ४५ वर्षीया एकल महिलालाई जबर्जस्ती करणीको प्रयास गरेका थिए। सोही रात घरमा सुतिरहेकी ४० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुलेको छ ।

केशवले दुई महिलालाई बलात्कारको प्रयास गरे पनि प्रतिकार गरेपछि तेस्रो घरमा गएर जबर्जस्ती करणी गरेको स्वीकारेका छन्।
उनी ढोकाको खापबाट हात छिराइ काठको खुटी (चुकुल) निकालेर प्रवेश गरेका थिए ।

बलात्कार गर्न खोज्दा प्रतिकार गरेपनि जबर्जस्ती करणी गरेको पीडित महिलाले प्रहरीमा दिएको उजुरीमा छ । पीडित तीनै जनाले प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् । अन्नपूर्ण पोस्टमा खबर छ ।

संम्बन्धित समचार

Leave a Reply