गायक भट्टराईको सवारी दुर्घटनामा निधन

पौष २९, काठमाण्डौ । वरिष्ठ गायक निशान भट्टराईको सवारी दुर्घटनामा निधन भएको छ । सोमबार राति दरबारमार्गस्थित वानथाई रेष्टुरेन्टमा आफ्नो नियमित गायन सकेर निवास फर्कदै गर्दा दुर्घटनामा परेका भट्टराईको उपचारका क्रममा निधन भएको हो ।

कोटेश्वरतर्फ जाँदै गर्दा तिनकुनेमा विजुलीको पोलमा भट्टराई सवार कार ठोक्किएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका भट्टराईलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर लगिएको थियो । तर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको एपसी जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

संम्बन्धित समचार

Leave a Comment