अग्रवालको थुनछेक बहस सकिएन, भोलि फेरि हुने

काठमाडौं । कालोबजारीको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवालको काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस भएको छ । बुधबार वादीतर्फका एकजना र प्रतिवादीतर्फका तीनजनाले बहस गरेका थिए। आज बहस नसकिएकोले भोलि निरन्तरता पाउने छ ।

सरकारी वकिल कार्यालयले अग्रवालविरुद्ध मंगलबार जिल्ला अदालतमा कालोबजारी र सामाजिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरेको थियो । महानगरीय प्रहरी परिसरले अग्रवालविरुद्ध कालोबजारी, अवैध भण्डारण तथा नाफाखोरी, कृत्रिम अभाव सिर्जना तथा सार्वजनिक पदको दुरुपयोग गरी चारवटा कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो । प्रहरीले अग्रवाललाई चारवटै कसुरमा १० वर्ष कैद र १५ लाख ७८ हजार रुपैयाँ जरिवाना मागदाबी गरेको छ ।

संम्बन्धित समचार

Leave a Reply