शैक्षिक क्षेत्रमा पृथक एलआरआई स्कुल : प्राक्टिकलमा जोड, गरेर सिकौँ–आफै भोगौँ !

-राज ढुंगाना                    

लर्निङ् रेल्म इन्टरनेशनल स्कुल (एलआरआई)को जन्म वि.सं. ०४४ फागुन १२ गते शिक्षा दिवसको दिन भएको हो । त्यतिबेला काठमाडौंमा धेरैजसो सामुदायिक विद्यालय थिए । थोरै नीजि विद्यालय थिए । हुने खानेका छोराछोरी पूर्वतर्फ दार्जिलिङ्, पश्चिमतर्फ देहरादून जाने गर्थे । यता काठमाडौंमा सामान्य परिवारका मान्छेले पढाउन सक्ने विद्यालयको अभाव थियो । त्यसमा पनि काठमाडौंको यो पश्चिम भेगमा झनै विद्यालय थिएन । सोही अभावपूर्ति गर्न एलआरआइको जन्म भएको हो । बाहिर जाने विद्यार्थीलाई रोकेर गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्ने उद्देश्यका साथ यसको स्थापना भएको हो ।

सुरुमा एलआरआई स्कुलको भवन भाडामा लिएर आवासीय विद्यालय सञ्चालन गरिएको थियो । त्यसताका स्कुलसँग १२७ जना विद्यार्थी र ६÷७ जना शिक्षक थिए । दुई वर्षपछि त्यहाँको घरको भाडा बढ्यो । त्यो तिर्न नसकेर अर्को ठाउँमा सरेको थियो । त्यहाँ तीन वर्ष बित्यो । त्यहाँ पनि राम्रो हुँदै गर्दा भाडा बढ्यो र स्कुललाई गाह्रो भयो । त्यसपछि आफ्नै जग्गा लिएर भवन बनाउनुपर्छ भन्ने योजना मुताबिक स्कुलले ०५० सालमा डेढ रोपनी जग्गा लिएर नर्सरीदेखि दशसम्म एक÷एक सेक्सन सञ्चालन गर्न मिल्ने गरी टहरा बनायो । त्यसपछि स्कुलले आफ्नो क्षेत्र विस्तार गर्दै गयो । आज एलआरआईसँग २२ रोपनी जग्गामा पर्याप्त सुविधा सम्पन्न भवनहरु छन् । बनेका सबै भवनहरु भुकम्प प्रतिरोधी छन् । संस्थापक शिवराज पन्त बालबालिका सुरक्षित रहनुपर्छ भन्ने कुरामा सजग छन् । आफ्नै बसहरू छन् । २ हजार ५ सय ५० जना विद्यार्थी छन् । १७५ जना शिक्षक छन् । विद्यालयको आफ्नै फुटसल छ । स्टुडेन्ट पार्लियामेन्ट छ । बाह्र वर्ष पहिलेदेखि नै प्रत्येक कक्षाकोठामा सिसि क्यामेरा जडान गरिएको छ । आफ्नै सुविधासम्पन्न समारोह हल छ । विभिन्न देशहरूसँग विभिन्न खाले सहकार्यका लागि सहमति भएका छन् । अझै स्कुल नविन सोचका साथ अगाडि बढ्ने योजनामा रहेको छ ।

एलआरआई यसकारण अरु भन्दा भिन्न स्कुल

केही समय पहिला स्कुलका संस्थापक शिवराज पन्तलाई त्यसरी मिहेनतले स्थापित गरेको स्कुललाई गुठीमा लैजादा धेरैले बौलाउनु त भएन ? मान्छे अरुको सम्पत्तिमा मरिहत्ते गर्छन, तपाइँहरू भने आफ्नो सम्पत्ति सरकारीकरण गर्न खोज्दै हुनुहुन्छ, भन्नेको कमी थिएन । तर पन्त्सहित व्यवस्थापन दृढ रह्यो । उनि भन्छन–हाम्रो चाहना भनेको विशुद्ध शिक्षा सेवा गर्ने थियो, जुन यो ३२ बर्षे यात्रामा निरन्तर अगाडि बढी रहेको छ । गुठियार शिवराज पन्त, यशोधरा पन्त तथा महारेखा पन्तको उच्च समाजसेवाको भावका साथै शिक्षक, विद्यार्थी, अभिभावक सबैको साथले स्कुलले कहिले पछाडि फर्केर हेर्नुपरेन । आफ्नो यात्रामा अगाडि बढीरहेका छ । काम गर्दागर्दै समय गएको थाहै हुँदैन । अरुले केही गरिदेला भन्दा पनि आफै केही गर्नुपर्छ भन्ने सोच भएका साथीहरूको साथले नै हामी सफताका साथ अगाडि बढीरहेका हौं ।–पन्त भन्छन् ।


एलआरआई देश विदेशबाट थुप्रै पटक सम्मानित भएको छ । सरकारले प्रत्येक वर्ष देशभरीको एउटा सामुदायिक र एउटा नीजि विद्यालयलाई राष्ट्रिय झण्डा, शिल्ड र नगद पुरस्कार प्रदान गर्छ । ०५७ सालमा उत्कृष्ठ हुँदै पुरस्कार पाएका थियो । एलआरआईले शिक्षालाई अन्तर्राष्ट्रियकरण गरेबापत बेलायती सरकारको ब्रिटिस काउन्सीलबाट इन्टरनेस्नल स्कुल अवार्ड २०१६–१९ प्राप्त गरेको छ । बेलायतबाट विद्यार्थीलाई उद्यमशिल शिक्षा प्रदान गरेवापत स्कुल इन्टरप्राइज चेलेन्ज अवार्ड २०१७ पाएको छ । काठमाडौं विश्वविद्यालय पछिको चिनियाँ भाषा पठनपाठनको देशकै ठूलो केन्द्रको रुपमा चिनियाँ सरकारले मान्यता दिएको छ । संस्थापक लगायत दश जनाले हालसम्म राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरिसकेका छन् । एलआरआईका थुप्रै विद्यार्थी आज देश विदेशमा नाम कहलाएर आ–आफ्नो ठाँउबाट राष्ट्रलाई योगदान गरिरहेका छन् । गुठियार शिवराज पन्तले तत्कालिन राजा बिरेन्द्रबाट गोरखा दक्षिण बाहु सम्मान थापीसकेका छन् । गुठियार शिवराज पन्त, यशोधरा पन्त र एलआरआईका प्राचार्य डा. देवकान्त जोशी शिक्षा क्षेत्रमा उत्कृष्ठ योगदान पु¥याए बापत्त नेपालका प्रथम राष्ट्रपति रामवरण यादवबाट सम्मानित भइसकेका छन् ।

एलआरआईको जोड प्राक्टिकलमा, गरेर सिकौँ–आफै भोगौँ

लर्निङ् रेल्म इन्टरनेसनल स्कुल नाम जस्तै शिक्षणमा पनि त्यही तरिका अपनाउदै आइरहेको छ । अन्य स्कुलभन्दा फरक ढंगले एलआरआईले सिकाईमा जोड दिएका छन् । सबैभन्दा नयाँ अभ्यास त एलआरआईमा स्टुडेन्ट पार्लियामेन्टको छ । जुन नेपाली शैक्षिक संस्थामा पृथक अभ्यास हो । स्टुडेन्ट पार्लियामेन्टमा नेपालको संघिय संसदमा हुने अभ्यास हुने गर्छ । जहाँ सभामुख, विभिन्न राजनितिक दलबाट निर्वाचित दलका सांसद,उपसभामुख,संसदमा राष्ट्रपति,प्रधानमन्त्री बस्ने आसन, विदेशी पाहुनाको आसन निर्माण गरिएको छ । राजनितिमा रुची हुने र भोली देशको राजनितिक व्यवस्थामा संलग्न भएर निती निर्माता तहमा पुग्छु भन्ने बिद्यार्थीलाई महत्वुपर्ण अभ्यास गर्ने थलो हो भन्छन–प्लस टु का संयोजक पुष्करनाथ फुलारा ।

अभ्यासको क्रममा सबै जिल्लाबाट जनप्रतिनिधीको रुपमा सांसदहरुले आ–आफ्नो जिल्लाको समस्या र समाधानको लागि आफुले ल्याएका योजना रोष्ट्रममा गएर सुनाउछन् । सभामुख मार्फत प्रधानमन्त्रीसम्म सांसदको आवाज पुर्याउन जोड गर्छन् । दलका नेताहरुबीच कुनै तिक्तता, बेमेल भयो भने गोप्य बैठक बसेर सहमतीहरु गर्छन् । यस्तो किसिमको अभ्यासले बिद्यार्थीलाई मुलुकको राजिनितक व्यवस्था, राज्यका विभिन्न निकायहरु कसरी चल्ने गर्छन भन्ने पढेर हैन् अभ्यास गरेर जान्छन् । यो अभ्यासले भोलीका दिनमा एलआरआईबाट डाक्टर,इन्जिनियर,नर्स,खेलाडी मात्रै हैन् अब भिजनवाला राजनितिज्ञ पनि निक्लने आशा गर्छन् स्कुलका संस्थापक पन्त । हुन पनि हो । असल,पढेका व्यक्तिहरु देश हाँक्नेगरी योजना लिएर आएभने पक्कै देशले काँचुली फेर्न धेरै समय लाग्दैन् ।

अन्य अभ्यास पनि यसरी हुन्छ्

स्कुलमा विज्ञानको प्रयोगात्मक अभ्यासको लागि प्रयोगशाला छन् । जहाँ विद्यार्थीले विज्ञानसंग केन्द्रित रहेका विभिन्न खोज अनुसन्धान गर्छन् । संगित सिक्नको लागि छुट्टै ग्यालरी छन् । त्यहाँ विभिन्न बाद्यबादनका सामाग्री छन् । विद्यार्थीले आफुलाई रुची लाग्ने म्युजिक सिक्न पाउछन् । खेलकुदको लागी फुटसल छन् । फुटबल खेल्न मन पराउनेले फुटबल खेल्छन् । भलिबल कोर्ट,क्रिकेटको अभ्यास गर्न बलिङ÷ब्याटिङ पिच छ । ब्याडमिन्टन कोर्टसहित अन्य खेल अभ्यासको लागि पुर्वाधार बनेका छन् । स्कुलमा प्लम्बिङ, इलेक्ट्रिसियन लगायतका अभ्यास समेत गर्न पाइन्छ् । चित्रकला अभ्यासको लागि बिद्यार्थीको छुट्टै ग्यालरी छ् । जहाँ विभिन्न उत्कृष्ट चित्रहरु कोरेर बालबालिकाले प्रदर्शनी राख्ने गर्छन् ।
स्कुलमा कर्मचारी र शिक्षकसहित गरी १ सय ३२ जनाले रोजगारी पाएका छन् । राजधानीको मुखैमा रहेको कारणले होला् करिब ७७ वटै जिल्लाका बालबालिका यहाँ अध्ययन गर्छन् । लकडाउन अघि सम्म स्कुलमा झण्डै २८ सय बिद्यार्थी अध्ययनरत छन् ।

प्रविधिमैत्रीमा जोड गर्दै एलआरआई

अहिले कोरोना महामारीकै बीचमा एलआरआईले अनलाईन कक्षालाई जोड गरेको छ । सबै विद्यार्थीहरु अनलाईन कक्षामा सहभागी भइरहेका छन् । केही विद्यार्थीबाहेक सबै बिद्यार्थीले लकडाउनकै बीच स्कुलले लिएको परिक्षा अनलाईन कक्षाबाटै दिए । अब अनलाईनबाट अध्ययन–अध्यापनको लागि विशेष जोड गर्नुपर्ने बताउछन् संस्थापक पन्त । उनि भन्छन्–त्यसैले अब स्कुलले अनलाईनको लागि छुट्टै संरचना बनाउन लागेको छ् । हामी ठुलो स्क्रिनमा अनलाईनबाटै पढ्ने,होमवर्क जाँच गर्न सकिने, सबै बिद्यार्थीले अन्तरक्रिया गर्न सक्ने किसिमले अनलाईन कक्षालाई विशेष र अत्याधुनिक बनाउछौँ ।

सामाजिक सेवामा यसकारण अग्रणी

स्कुलका संस्थापक पन्त आफैपनि विभिन्न सामाजिक सेवामा अग्रसर हुन रुचाउछन् । उनको यही स्वभावले गर्दा एलआरआई आसपासका स्थानीय,उनलाई भेट्ने आम मानिस,जनप्रतिनिधि पहिलो भेटमै प्रभावित हुने गर्छन् । स्कुलकै आडमा सर्वसाधारणको लागि बनाइएको गणेश मन्दिरले छुट्टै सुन्दरता थपेको छ । स्कुलभित्र पनि सरस्वती,बुद्धको प्रतिमा रहेका छन् । स्कुलले आफ्नो छिमेकी सरकारी स्कुलको लागि पनि विभिन्न सहयोग गर्दै आइरहेको छ । विश्वभरी कोरोना महामारी चलिरहेको बेला नेपाल पनि त्यसबाट अछुतो रहन सकेन् ।

यहीबेला एलआरआईले माहामारी रोकथामका लागि फ्रन्टलाईनमा खटिने स्वास्थ्यकर्मिहरुका लागि अति आवश्यक विभिन्न स्वास्थ्य सामाग्रीहरु त्रिभुवन बिश्व बिद्यालय शिक्षण अस्पताल महाराजगंज, काठमाण्डौलाई सहयोग गरेको थियो । त्यसैगरी काठमाण्डौं महानगरपालिका वडा न. १४ अन्तरगत फोहरमैला सरसफाइ तथा ब्यबस्थापन कार्यमा सहभागि कर्मचारीहरुको लागि स्वास्थय सामाग्री वितरण गरेको थियो । यही बिचमा एलआरआईले कोरोनाबाट बढी प्रभावित बनेको सुदूरपश्चिम प्रदेशमा ५० थान बेडसेट समेत पठाएको थियो । यसअघि विद्यालयले नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा एकलाख रुपैयाँ सहयोग गरिसकेको छ । शैक्षिक गुठी अन्तर्गत सञ्चालित उक्त स्कुलले बेला–बेलामा विभिन्न विपदमा सहयोग गर्दै आएको छ । यसका साथै विद्यालयले थुप्रै सामाजिक क्षेत्रमा पनि सहयोग गर्दै आएको छ । यस्तै विद्यालयले १५ हजार थान सर्जिकल ग्लोव सुदूरपश्चिम प्रदेश सरकारलाई प्रदान गरिसकेको छ ।

संम्बन्धित समचार

Leave a Comment