सेलपेको एनिभर्सरी अफर: रु. १ मा असीमित ग्रोसरी सामान किन्न पाइने

साउन १५, काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले आफ्ना ग्राहकहरुको साथ र मायाको कदर गर्दै धन्यवाद स्वरुप आफ्नो वार्षिकोत्सवलाई संस्मरणीय बनाउन एनीभर्सरी अफर लिएर आएको छ ।

यस अफर अन्तर्गत ग्राहकहरुले श्रावण १६, २०७७ का दिन सेलपेबाट पहिलो मर्चेन्ट पेमेन्टगर्दा ५० प्रतिसत अर्थात अधिकतम एक हजार रुपैयाँसम्म नगद फिर्ता पाउनेछन । यो अफरको लाभ लिनको लागि चाडै नै आफ्नो मोबाईलमा सेलपे एप्प डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गर्नुुपर्ने छ ।

यसका साथै सेलपेका ५ जना भाग्यशाली ग्राहकहरुले सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा १०० सेकेण्ड भित्र रु.१ मा असीमित ग्रोसरी सामानहरु किनमेल गर्ने मौका पाउनेछन् । सेलपेको वार्षिकोत्सवको अवसरमा ग्राहकहरुको माझ खुशी बाड्नको लागि यस अफरको सुरुवात गरिएको कम्पनीले जानकारी दिएको छ । सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवाहो । सेलपेका अन्यविशेषताहरुमा बास्तविक समयमा भुक्तानी, बिना वालेट कारोबार गर्न सकिने, सरल एवं सुरक्षि लोयाल्टी पोइन्ट्स पाईने आदि रहेकाछन ।

सेलपेद्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेश भित्र गरिने मनी ट्रान्सफर, , बिमा रकम भुक्तानी आदि गर्न सकिने छ ।

संम्बन्धित समचार

Leave a Reply