नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७० पुग्यो !

साउन २३, काठमाण्डौ । नेपालमा शुक्रबार थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७० पुगेको छ ।

पर्साका ४५ वर्षीय पुरुषको पाटन अस्पतालमा निधन भएको छ । यसैगरी पर्साकै ८९ वर्षीय पुरुष, पर्सा(११ का ५७ वर्षीय पुरुषको गण्डक अस्पतालमा निधन भएको मन्त्रालयले जानकारी दिएको छ । यसैगरी शुक्रबार नै सिरहा गोलबजारका २५ वर्षीय पुरुष र सर्लाहीका ४५ वर्षीय पुरुषको पाटन अस्पतालमा निधन भएको मन्त्रालयले जानकारी दिएको छ ।
यसअघि विहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार मोरङको कोशी अस्पताल, विराटनगरमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार विराटनगरका ४५ वर्षीय पुरुष र रंगेली नगरपालिकाका ४५ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको हो । उनीहरूको बुधबार नै कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Comment