राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधन: ‘संसारलाई अहिले बन्दुक हैन मास्क चाहिएको छ’

असोज १०,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वलाई पारमाणविक हतियार भन्दा मास्कको आवश्यकता परेको बताएका छन् ।

संयुक्त राष्ट्र संघको ७५ औं महासभामा भर्चुअल सम्बोधन गर्दै उनले संसारलाई अहिले बन्दुक भन्दा पनि बढी मास्क चाहिएको भन्दै यसमा लगानी गर्नुपर्नेमा जोड दिएका हुन् । सन् २०१९ मा विश्वको कुल सैनिक खर्च १ दशमलव ९ ट्रिलियन अमेरिकी डलर पुगेको भन्दै यसको सानो अंशले गरिब र अभावमा पिल्सिएका लाखौँ मानिसलाई राहत मिल्ने उनको जोड छ ।

जीवन रक्षाका लागि सामाजिक क्षेत्रमा लगानी चाहिएको भन्दै उहाँले जीवन विनाशका लागि सैनिक खर्च कम गर्नुपर्नेमा जोड दिए । आणविक सन्धिको पुनरावलोकन सम्मेलन लगायत निशस्त्रीकरण सम्बन्धी प्रक्रियाहरु स्थगन भएको वर्तमान अवस्थामा विश्वलाई सुरक्षित बनाई राख्न सम्बन्धित पक्षहरुले सन्धि अन्तर्गतका दायित्व पुरा गर्नुपर्ने ओलीको धारणा छ ।

अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मुल दिवसको पूर्वसन्ध्यामा परेको कार्यक्रममा उनले हतियारको होडबाजी, बाह्य अन्तरिक्षको सशस्त्रीकरण र साइबर युद्धका कारण मानवमात्रले ठूलो मूल्य चुकाउनुपर्ने भन्दै चिन्ता व्यक्त गरे ।

संम्बन्धित समचार

Leave a Reply