१२ वर्षमुनिका बालबालिकाहरुले पाउने छैनन् कोरोनाविरुद्धको खोप !

मंसिर २४, काठमाण्डौ । विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीविरुद्धको खोप बनेको घोषणा भएपछि विश्वभर उत्साह छायो । खोप बनेको घोषणासँगै संसारभर यसको अर्डर दिने क्रम चलेको छ । अहिले बनेको भनिएको खोप भने १२ वर्षमुनिका बालबालिकाका लागि प्रयोग गर्न नमिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । डा। गौतमले दिनुभएको जानकारीअनुसार नेपालको सन्दर्भमा त्यसभन्दा माथिका कुल जनसंख्याको २० प्रतिशतलाई कोभ्याक्स भन्ने सुविधा छ । ग्लोबल भ्याक्सिन लाइन्स ९गाभी० र विश्व स्वास्थ्य संगठन मिलेर नेपालका लागि उक्त सुविधा सृजना गरेका छन् । कोभ्याक्सले नेपालका लागि चाहिने २० प्रतिशत खोप न्यून शुल्कमा नेपाल भित्र्याउने भएको छ । यो नेपालका २० लाख मानिसका लागि प्रयोग गर्न सकिने भएको छ ।

२० प्रतिशत खोपमा स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने, फ्रन्ट लाइनमा बसेर काम गर्नेहरुलाई ३ प्रतिशत खपत हुने अनुमान गरिएको छ । त्यसैगरी १७ प्रतिशत ५५ वर्ष कटेकालाई दिने कार्यक्रम तय भएको छ । बाँकी ८० प्रतिशतहरुका हकमा आवश्यक प्रस्ताव तयार पार्ने, खोप तालिम, भण्डारणलगायतका क्षेत्रका लागि विभिन्न समितिहरु बनेका छन् । यो विषयमा दुई साताअघि नै मन्त्रिपरिषद्ले प्रस्ताव आह्वान गर्ने निर्णय गरिसकेको छ ।

सरकारले संयुक्त राष्ट्रसंघ, एनजीओ, आईएनजीओ, विदेशी दातृ निकाय, देशभित्रै सञ्चालनमा रहेका विभिन्न संघसंस्थाका साथै सरकारसमेत खोपका लागि अर्थव्यवस्थापन गर्न लागेको प्रवक्ता गौतमले जानकारी दिए । सरकारले कोरोना संक्रमण शुरु भएपछि नेपालमा काम गर्ने दातृ निकायलाई नेपालमा गर्ने लगानीको २० प्रतिशत कोभिड १९ को क्षेत्रका लागि छुट्याउन आह्वान गरेको थियो ।

संम्बन्धित समचार

Leave a Reply