आजको मौसम : सामान्यतया सफा रहने,काठमाडौंको बिहानको तापक्रम १.८ डिग्री

माघ १८, काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय रेखाको आंशिक प्रभाव रहेको छ । यतिखेर देशका पहाडी भूभागका थोरै र तराईका अधिकांश भूभागहरुमा हुस्सु कुहिरो लागेको छ ।

अरु भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश नम्बर–१ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ का उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

संम्बन्धित समचार

Leave a Comment