मीनमानको सकृयता बढ्यो, शहरी विकास समिती बिस्तार !

माघ १९, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको शहरी विकास समिति विस्तार भएको छ । मीनमान श्रेष्ठ नेतृत्वमा रहेको महासंघ अन्तर्गतको सो समितिमा सदस्यहरु थप गरी विस्तार गरिएको हो । विस्तारित समितिमा समितिको सहसभापतिमा नेपाल सरकारका पूर्वसचिव पूर्ण कडरिया र नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह चुनिएका छन् ।

त्यस्तै, समितिका सदस्यहरुमा नेपाल इन्जिनियरिङ एशोसिएसन एनईए का पूर्व अध्यक्ष इन्जिनियर ध्रुव थापा, सोसाइटी अफ नेप्लिज आर्किटेक्टस सोना का पूर्व अध्यक्ष स्वरुप कोने, नेपाल जग्गा तथा आवास विकास संघका प्रथम उपाध्यक्ष विदुर धमला, कञ्चनजंघा हाउजिङका सञ्चालक विनय उपाध्याय, वरिष्ठ स्टक्चर इन्जिनियर डा। पुरुषोत्तम डंगोल, नेपाल जग्गा तथा आवास विकास संघका वरिष्ठ कानूनी सल्लाहकार डा। गोकुलप्रसाद बुर्लाकोटी सदस्य रहेका छन् ।

संम्बन्धित समचार

Leave a Comment