स्वास्थ्यकर्मीमाथि कुटपिट गरे ३ वर्षसम्म कैद

जेठ २४, काठमाडौ । स्वास्थ्य संस्थामा तोडफोड, स्वास्थ्यकर्मी वा कर्मचारीलाई कुटपिट गर्ने व्यक्तिले अब तीन वर्षसम्म कैद वा ३ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय भोग्नुपर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आइतबार जारी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७८ मा सजायको व्यवस्था गरिएको हो ।

यससँगै उपचारका विषयमा स्वास्थ्य संस्थामा आगजनी, तोडफोड, कुटपिट वा तालाबन्दी गर्ने तथा उपचारमा बाधा पार्ने व्यक्तिलाई कसुर गरेको ठहर गरी कानुनी कारबाही गर्न सकिने भएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपचार ११ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाएका छन् । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ लाई संशोधन गर्दै उक्त अध्यादेश जारी गरिएको हो ।

संम्बन्धित समचार

Leave a Reply