मकवानपुरको भीमफेदी–कुलेखानी सुरुङ्ग मार्ग निर्माण गर्न ७५ करोड बजेट

असार २, हेटौंडा । मकवानपुरको भीमफेदी–कुलेखानी सुरुङ्ग मार्ग निर्माण गर्न ७५ करोड बजेट छुट्याइएको छ । संघीय सरकारको लगानीमा सुरुङमार्ग निर्माण गर्न लागिएको हो ।

प्रदेश गौरवको आयोजनाको रुपमा रहेको पोष्ट बहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङ्ग मार्गको निर्माण कार्य आगामी आर्थिक वर्षमा शुरु गरिने आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले वताए ।
चितवनको नारायणी खगेरी सिंचाइ प्रणालीको ईम्ब्यांकमेन्टमा मेट्रो रेल, ट्राम जस्ता सम्भाव्य यातायातको लागि अध्ययन कार्य प्रारम्भ गरिने उनले वताए । प्रदेश राजधानी हेटौडा–भरतपुर–मेघौली जोड्न मेट्रो रेल, ट्राम जस्ता यातायात सञ्चाभलनको पूर्व सम्भाव्यता अध्ययनको लागि बजेटको प्रबन्ध मिलाएको उनले बताए । मदन भण्डारी मार्ग भैसे –भिमफेदी– कुलेखानी–सिस्नेरी–दक्षिणकालीको कुल ५३ किलोमिटर मध्ये भैंसे–भीमफेदी ११ दशमलब ५० किलोमिटर सडक खण्ड दुई लेनमा स्तरोन्नलति गर्ने कार्य आगामी आर्थिक वर्षमा सम्पन्नद गरिने वताए ।

 

संम्बन्धित समचार

Leave a Reply