पेट्रोल तथा डिजेल,मट्टितेलसहित खाना पकाउने ग्यासको मूल्य बृद्धि, कति पुग्यो ?

असार २३, काठमाण्डौ । नेपाल आयल निगमले दुई साता नबित्दै पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले असार २२ गते राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल÷मटितेलसहित खाना पकाउने ग्यासको मूल्य बृद्धि गरेको हो । निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १२९ रुपैयाँ र डिजेल र मटितेलको मूल्य प्रतिलिटर ११२ रुपैयाँ पुगेको छ ।

यसअघि गत असार १० गते राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ पुर्याएको थियो । निगमले गत जेठ २२ गते निगमले पेट्रोल, डिजेल र मटितेल तथा हवाई इन्धन ९आन्तरिक०को साबिकको बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको थियो ।

त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँ र हवाई इन्धन ९अन्तर्राष्ट्रिय०को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बृद्धि गरेको छ । यससँगै अब हवाई इन्धन आन्तरिकतर्फको ८४ रुपैयाँ र हवाई इन्धन ९अन्तर्राष्ट्रिय०को ७४५ डलर पुर्‍याएको छ ।

यसैगरी निगमले खाना पकाउने ग्यासको मूल्यसमेत प्रतिसिलिण्डर २५ रुपैयाँका दरले बृद्धि डरेको छ । यससँगै अब ग्यास प्रतिसिलिण्डर १४ सय २५ रुपैयाँ पुगेको छ । पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढीरहेको अवस्थामा इण्डिन आयल कर्पोरेशनबाट प्राप्त मूल्य सूचिअनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ ।

संम्बन्धित समचार

Leave a Reply