ह्वात्तै बढ्यो सुनचाँदीको भाउ, कति पुग्यो ?

फागुन, १२, काठमाडौँ । आज सुनचाँदीको मूल्य ह्वाट्टै बढेको छ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ हजार पाँच सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रहेको छ । बुधबार प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार पाँच सय रहेको छ । बुधबार ९६ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य ३५ रुपैँयाले बढेर प्रतितोला १३५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी एक हजार ३२०…

पुरा पढ्नुहाेस्

ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो ?

फागुन १, काठमाडौँ । आज सुनको भाउ ह्वाट्टै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आइतबार सुनको भाउ १५०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस दिन चाँदीको भाउ भने प्रतितोला एक हजार ३०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन १ हजार २८० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आइतबार २० रुपैयाँले बढेको हो । महासँघका अनुसारका अनुसार अन्तिराष्ट्रिय बजारमा सुनको भाउ बढेपछि नेपालामा पनि सुनको भाउ लगातार बढ्न थालेको छ ।

पुरा पढ्नुहाेस्

पेट्रोल तथा डिजेल,मट्टितेलसहित खाना पकाउने ग्यासको मूल्य बृद्धि, कति पुग्यो ?

असार २३, काठमाण्डौ । नेपाल आयल निगमले दुई साता नबित्दै पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले असार २२ गते राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल÷मटितेलसहित खाना पकाउने ग्यासको मूल्य बृद्धि गरेको हो । निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १२९ रुपैयाँ र डिजेल र मटितेलको मूल्य प्रतिलिटर ११२ रुपैयाँ पुगेको छ । यसअघि गत असार १० गते राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ पुर्याएको थियो । निगमले गत…

पुरा पढ्नुहाेस्

फेरि बढ्यो हवाइ भाडा, कति पुग्यो ?

फागुण २०, काठमाण्डौ । हवाई इन्धनको मूल्य वृद्धिपछि फेरि विमान सेवा प्रदायकहरूले हवाई भाडा बढाएका छन् । यसअघि फागुन ८ मा पनि हवाइ भाडा बढेको थियो । निगमले फागुन १७ मा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । हवाई सेवाको बढेको भाडा भोलि देखि लागू हुनेछ ।

पुरा पढ्नुहाेस्

चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य आज सर्वाधिक बढ्यो, कति पुग्यो ?

फागुण १९, काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य बुधवार सर्वाधिक १० प्रतिशतले बढेको छ । दोहोरो अंकले घटिरेहेको बजारमा उक्त कम्पनीको शेयरमूल्य भने सर्वाधिक बढेको हो । नेपाल स्टक एक्सचेञ्ज नेप्से का अनुसार ४ हजार २७९ जनाबाट ७ लाख ६४ हजार ७४२ कित्ता शेयर खरीद माग भएको छ । यस दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू ५० ले बढेर अन्तिम मूल्य रू ५५० कायम भएको हो ।  

पुरा पढ्नुहाेस्

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, कति पुग्यो ?

फागुण ५, काठमाडौं । नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल नियगले गएराती १२ बजेदेखि नै लागु हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन आन्तरिकतर्फको मूल्य बढाएको हो । नयाँ मूल्यसुचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ पुगेको छ । यस्तै डिजल र मट्टितेलको मूल्य ९७ रुपैयाँ प्रतिलिटर पर्नेछ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार घाटाअझै चुलिने भएपछि तेलको मूल्य बढाएको हो । नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा ५ रुपैयाँ ८२ पैसा, डिजलमा ४ रुपैयाँ १३ पैसा र ग्यासमा २ सय ८५ रुपैयाँ ८३…

पुरा पढ्नुहाेस्

पेट्रोलियम पदार्थ विक्रेताको कमिसन बढ्यो, कति पुग्यो ?

माघ १८, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्री गर्ने विक्रेतालाई कमिसन बढाएको छ । लामो समयदेखि पेट्रोलियम पदार्थ विक्रेताले पेट्रोलियम पदार्थ बिक्री गरी दिएबाफतको कमिसन बढाउन माग गर्दै आएको थिए । विक्रेताले पेट्रोलियम पदार्थमा कमिसन बढाउन माग गरे पनि निगम भने कमिसन बढाउन समहत भएको थिएन । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार सञ्चालक समितिले पेट्रोलियम पदार्थ विक्रेतालाई पेट्रोलमा ०.३९५ प्रतिशत र डिजलमा ०।४७ प्रतिशत कमिसन बढाएको छ । यस भन्दाअघि विक्रेताले पेट्रोल बिक्री गरेबापत प्रतिलिटर ३ प्रतिशत र डिजलमा प्रतिलिटर २।६७ प्रतिशत कमिसन पाउने गरेका थिए । अब…

पुरा पढ्नुहाेस्

सुनको भाउ तोलामा ८०० रुपैयाँ बढ्यो, कति पुग्यो ?

पुस २०, काठमाडौ । सोमबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ । हिजो आइतबार तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज सोमबार भने ९५ हजार ३०० रुपैयाँमा खरिदबिक्री हुनेछ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोही परिणामको तेजावी सुनलाई प्रतितोला ९४ हजार ८०० रुपैयाँ मा कारोबार हुनेछ । यता, चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले बढेको छ । यसअघि एक हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदीलाई आज एक हजार ३२५ रुपैयाँ पर्ने महासंघले जनाएको छ ।  

पुरा पढ्नुहाेस्

डिजेल र मट्टितेलको मूल्य घट्यो, कति पुग्यो ?

असोज १६, काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । विहीबार राति १२ बजेबाट लागु हुने गरी डिजेल मट्टितेलमा प्रतिलिटर एक रुपियाँ घटाएको हो । नयाँ मुल्य अनुसार डिजेल मट्टितेल प्रतिलिटर ८९ रुपियाँ भएको छ । पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ । इण्डियन आयल कर्पोरेशनबाट विहहीबार प्राप्त खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य केही घटेर आएकाले निगमले मूल्य समायोजन गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । इण्डियन आयल कर्पोरेशन र नेपाल आयल निगमबीच सञ्चालन हुदै आएको स्वचालित मूल्य…

पुरा पढ्नुहाेस्

सुनको भाउले आकाश छोयो, तोलामा ५ सयले बृद्धि, कति पुग्यो ?

काठमाण्डौ । सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ पुगेको छ । आज तोलामा ५ सय रुपैयाँ बढेर ९९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ अहिलेसम्मकै महंगो हो । कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ बढेको हो । नेपालमा पनि त्यसकै प्रभावले सुनको भाउले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ । सुनको भाउले रेकर्ड बनाए पनि चाँदीको भाउ भने आज स्थिर छ । चाँदीको भाउ आज पनि तोलाको १२ सय २५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

पुरा पढ्नुहाेस्