काठमाण्डौसहित देशभर भारी बर्षा : उपत्यकामा एक घण्टामै ५० मिलिमिटर पानी,बिभिन्न ठाउँ डुवानमा !

असार २६, काठमाण्डौ । काठमाण्डौ उपत्यकामा एक घण्टामै ५० मिलिमिटर भन्दा धेरै पानी परेको मौसमविद् समिर श्रेष्ठले बताएका छन् । ठूलो पानीसँगै काठमाण्डौका विभिन्न खोलामा बाढी आएको छ । वाग्मती, मनोहरा, हनुमन्ते, गोदावरी लगायतका नदीमा पनि पानीको बहाव बढेको छ । कतिपय ठाउँको सडकमा पनि पानी जमेर आवतजावतमा समस्या भएको छ । काठमाण्डौमा आज राति पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले जानकारी दिए ।

अहिले प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा सामान्यदेखि मध्ययम र केही ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेकाले धेरै ठाउँमा पानी परिरहेको हो । सोमवारसम्म नै मनसुन सक्रिय भइरहने भएकाले देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

संम्बन्धित समचार

Leave a Reply