सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

असोज ११, काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबारको तुलनामा आज सुन तोलामा तीन सय रुपैयाँले बढेर ८९ हजार ३०० रुपैयाँ कायम भएको हो ।

गत आइतबार बजारमा सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज यता चाँदीको मूल्य समेत तोलामा १० रुपैयाँ वृद्धि भएको महासंघले जनाएको छ । गत आइतबार एक हजार १५० रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार तोलामा १० रुपैयाँले वृद्धि हुँदै एक हजार १६० रुपैयाँ पुगेको हो ।

संम्बन्धित समचार

Leave a Comment