सिभिल बैंकको सीइओको तलब झण्डै १ करोड १५ लाख

पुस २२,काठमाडौँ । सिभिल बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिृकत (सीइओ)लाई १ करोड १४ लाख ९१ हजार ८७८ रुपैयाँ तलब भत्ता दिएको छ ।
बैंकले आर्थिक वर्ष २०७७÷०७८ मा सीइओलाई उक्त रकम तलब भत्ता बापत दिएको हो । बैंकले तलब स्वरुप ५४ लाख १९ हजार ९७ रुपैयाँ, भत्ता बापत ३० लाख ८७ हजार ४६१ रुपैयाँ, दशैं खर्च भनेर ७ लाख ६७ हजार, सञ्चय कोषमा ५ लाख ४१ हजार ९१० रुपैयाँ र बोनस बापत १७ लाख ७६ हजार ४१० रुपैयाँ दिएको छ ।

हाल बैंकको सीइओमा सुनिल कुमार पोखरेल रहेका छन् । उनलाई असार १८ देखि लागु हुने गरेर सीइओमा नियुक्त गरिएको थियो । त्यसअघि सीइओ गोविन्द गुरुङ सीइओ रहेका थिए ।

बैंकले उक्त आवमा लगानीकर्तालाई ५।२६ प्रतिशत लाभांश दिएको छ । जसमा बोनस ५ प्रतिशत र कर प्रयोजनको लागि ०।२६ प्रतिशत नगल लाभांश दिएको छ ।

 

संम्बन्धित समचार

Leave a Comment