कोभिडविरुद्धको खोप अभियानमा नेपाल सफल : डब्लुएचओ

माघ २१, काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालले लक्षित जनसंख्याको ७० प्रतिशत नागरिकलाई कोभिड-१९ विरुद्ध खोप लगाएकोमा बधाई दिएको छ । नेपालस्थित डब्लुएचओ कार्यालयले विज्ञप्ति जारी गर्दै १८ वर्षभन्दा माथिको ७० प्रतिशत जनसंख्याले खोप लगाएकोमा बधाई दिएको हो ।

‘सत्तरी प्रतिशत जनसङ्ख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएकामा नेपाललाई बधाई । यो नेपाल तथा सहयोगी निकायको ठूलो सफलता हो । एकजुट भई सहकार्य गरे जे पनि सम्भव हुने यसले सावित गरेको छ,’ डब्ल्युएचओ नेपालले बधाई दिँदै भनेको छ ।

हालसम्म नेपालमा लक्षित समूहका ८६ प्रतिशतले पहिलो मात्रा लगाएका छन् भने ७० प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबारसम्म १८ वर्षमाथिका एक करोड ९९ लाख २२ हजार १६४ जनामध्ये कम्तीमा एक मात्रा खोप लगाउने ८६.९ प्रतिशत र पूर्ण मात्रा लगाउने ७०.७ प्रतिशत पुगेका छन् ।

यस्तै कुल जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० मध्ये ६८.४ प्रतिशतले कम्तीमा एक मात्रा र ५१.१ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् । यसअनुसार कुल जनसङ्ख्याको ५१.१ प्रतिशतले पूर्ण मात्रा र ६८.४ प्रतिशतले एक मात्रा खोप लगाएका छन् ।

सरकारले चैत मसान्तसम्म १८ वर्षमाथिका सतप्रतिशत नागरिकलाई पूर्णखोप लगाइसक्ने लक्ष्यसहित देशभर खोप अभियान चलाइरहेको छ ।

संम्बन्धित समचार

Leave a Comment