ब्याजदर वृद्धि स्थगन गर्न महासंघको आग्रह

माघ २८, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले ब्याजदर वृद्धिको निर्णय स्थगन गर्न आग्रह गरेको छ । बैकिङ क्षेत्रबाट उद्योग व्यवसायलाई पूर्ण रुपमा संचालन गर्ने कार्यमा सहयोगको अपेक्षा भैरहेको अवस्थामा निक्षेपमा ब्याज वृद्धिको निर्णयबाट उद्योग व्यवसाय क्षेत्र थप सशंकित बनेको महासंघले जनाएको छ ।

बैकिङ क्षेत्रबाट विगतमा भएका सकारात्मक पहलको निजी क्षेत्रले सदैव स्वागत गरेको स्मरण गराउदै महांसघले अहिलेको अवस्थामा ब्याज वृद्धि गर्नु उपयुक्त नहुने महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

महासंघले भनेको छ, ‘कोभिडका कारण साना ठूला सवै प्रकारका उद्योग व्यवसाय यतिखेर अत्यन्त कठिन अवस्थाबाट गुज्रिरहेका छन् । एकातिर उद्योग व्यवसाय कोभिड पूर्वको अवस्थामा संचालन हुन सकेका छैनन भने उत्पादित वस्तुहरुको विक्री वितरणबाट उठनु पर्ने रकम समेत बजारबाट उठन सकिरहेको अवस्था छैन । अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्र र उद्योगी व्यवसायीले लिएको ऋणको ब्याज दर पुन बढेमा यो क्षेत्र थप धरासायी हुने र सम्पूर्ण उद्योगी व्यवसायी सडकमा आउने परिस्थिति सृजना हुने हो कि भन्नेमा निजी क्षेत्रको चिन्ता छ ।’

हरेक त्रैमासमा निक्षेपमा व्याज दर वृद्धि हुदै जाने प्रथा कायम हुने हो भने मुलुुकभित्र उद्योग व्यवसाय गर्न सम्भव नहुने महासंघले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Comment