प्रतिनिधिसभा बैठक फागुन १२ गतेसम्मका लागि स्थगित

फागुन ८, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता टेबल गरेपछि प्रतिनिधिसभा बैठक १२ गते सम्मका लागि स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

अथमन्त्री जर्नादन शर्माले एमसीसी संसदमा पेश गर्ने कार्यसूचीमा रहेपनि आज सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेस गरेका छन् । मन्त्री शर्मा बैठकमा अनुपस्थित भएपछि प्रवत्ता कार्कीले प्रश्तुत गरेका हुन् ।

नेकपा एमालेका सांसदहरूले भने आज पनि नाराबाजी गरिरहे । एमालेसँगै सत्ता गठबन्धनको दल नेकपा माओवादी केन्द्रका केही सांसदहरूले पनि उठेर नाराबाजी गरे ।

सत्ता गठबन्धनको आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बठैकमा एमसिसी संसद्‍मा पेस गर्ने सहमति भएको थियो ।

संम्बन्धित समचार

Leave a Comment